PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

'रंगुन'ले प्रदर्शनको पहिलो दिन नै ६ करोडको व्यापार गर्‍यो



पहिलोपोस्ट

'रंगुन'ले प्रदर्शनको पहिलो दिन नै ६ करोडको व्यापार गर्‍यो

विशाल भारद्वाजको सबैभन्दा महँगो भनिएको फिल्म 'रंगुन'ले प्रदर्शनको पहिलो दिन ६ करोड सात लाखको व्यवसाय गरेको छ। भारतमा मात्र १८०० स्क्रिन पाएको फिल्मले महाशिवरात्रिको बिदा टार्गेट गरेको थियो।
 
फिल्म शुक्रबार सार्वजनिक भएको हो। ८० करोड लगानीमा बनेको फिल्मले बक्सअफिस हिट रेकर्ड गर्ने अनुमान बलिउड फिल्म समीक्षकहरुले गरेका थिए।
 
त्रिकोणात्मक प्रेमकथा बोल्ने फिल्मलाई दोस्रो विश्वयुद्धको सेटिङमा देखाइएको छ। फिल्ममा सेफ अलि खान, शाहिद कपूर र कङ्गना रनौतको मुख्य भूमिका रहेको छ।
 
विशाल भारद्वाजको कंगनासँग यो पहिलो फिल्म हो। शाहिदको हैदर र कमिना तथा सेफको ओमकारामा यी स्टारसँग उनको टिमअप थियो।
 
नेपालमा भने लुट-२ का कारण रंगुनको व्यवसायमा असर परेको छ। क्युएफएक्सबाट दोस्रो दिन नै रंगुनलाई लुटले रिप्लेस गर्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell