PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

तिलोतमा गोल्डकपक : झापा-११ लाई अतिरिक्त समयमा पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनलमा



पहिलोपोस्ट

तिलोतमा गोल्डकपक : झापा-११ लाई अतिरिक्त समयमा पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनलमा

बुटवल : काठमाडौंको हिमालयन शेर्पा क्लब बुटवलमा जारी १९ औं तिलोतमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वाटरफाइनलमा हिमालयन शेर्पाले रमपम झापा-११ लाई अतिरिक्त समयमा पराजित गरेको हो।

बुटवल देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विदेशी खेलाडी एलेक्सले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि हिमालयनले अन्तिम चारमा स्थान बनाएको हो।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो।

यसअघि खेलको ३७ औं मिनेट चेतन कुमार थारुले हेडमार्फत गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए। त्यसको तिन मिनेटपछि नै
कमल थापाको कर्नर पासमा संजोग राईले हेडमार्फत नै गोल गर्दै खेल बराबरी गरेका हुन्।

हिमालयनले अब फाइनल प्रवेशका लागि एपीएफ र सिएमजी संकटा क्लबको विजेतासँग खेल्नेछ।

प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनलमा आइतबार रुपन्देशी-११ ले धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell