PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मनाङले शेख कमाल इन्टरनेशनल क्लब कपको उपाधि जिते २५ लाख खेलाडीलाई दिने क्लबको घोषाणा



पहिलोपोस्ट

मनाङले शेख कमाल इन्टरनेशनल क्लब कपको उपाधि जिते २५ लाख खेलाडीलाई दिने क्लबको घोषाणा

चितगोङ : मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङले यदि मनाङले दोस्रो शेख कमाल इन्टरनेशनल क्लब कपको उपाधि जिते पुरस्कार राशिको ५० प्रतिशत खेलाडीहरुलाई दिने घोषणा गरेका छन्।

यस्तै अध्यक्ष गुरुङले मनाङले उपाधि जिते यसअघि नै घोषणा गरेको ५ लाखमा थप ५ लाख थपेर व्यक्तिगत रुपमा १० लाख दिने समेत जानकारी दिए।

खेलाडीको मनोबल बढाउने उदेश्यले पुरस्कार दिने घोषणा गरेको उनले बताए।

यसैगरी फाइनलमा पराजित भएपनि खेलाडीहरुलाई दोस्रो पुरस्कारको ५० प्रतिशत दिने बारे छलफल भैरहेको बताएका छन्।

शेख कमालको उपाधि जित्नेले ३० हजार तथा उपविजेताले १५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्।

अध्यक्ष गुरुङले अन्तर्र्राष्ट्रिय स्तरको क्लब कपमा मनाङ सेमिफाइन पुग्नु पनि नेपाली  फुटबलको लागि राम्रो सन्देश रहेको बताए।

समूह बी को उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको मनाङले सोमबार हुने पहिलो सेमिफाइनलमा फाईनल प्रवेशका लागि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबसँग खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell