PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

पुलिस बुढासुब्बा गोल्डकपको च्याम्पियन, यस सिजनको पहिलो नटकआउट उपाधि



पहिलोपोस्ट

पुलिस बुढासुब्बा गोल्डकपको च्याम्पियन, यस सिजनको पहिलो नटकआउट उपाधि

धरान : विभागीय टोली नेपाल पुलिस क्लबले १९ औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ। 

शनिबार सम्पन्न फाइनल खेलमा सिएमजी संकटालाई सडनडेथमा पराजित गर्दै पुलिसले यस सिजनको पहिलो नटआउट उपाधि जितेको हो।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल सोझै पेनाल्टी सुटआउटतर्फ अघि बढेको थियो। तर पेनाल्टी सुटआउटमा दुवैतर्फबाट ३-३ गोल भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो।

खेलको ले जित्यो २८ औं मिनेटमा राज पौडेलले गोल गर्दै संकटालाई पहिले अग्रता दिलाएका थिए। तर अन्तिम १० मिनेट संकटाले उक्त अग्रता कायम राख्न सकेन। 

८० औं मिनेटमा पुलिसको पेनाल्टीको अवसर पायो र त्यसलाई कप्तान जुमानु राईले गोलमा परिणत गर्दै खेल बराबरी गरेका थिए। 
(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell