
नेपालगन्ज : साविक विजेता रेलवे टिम इन्डिया र साविक उपविजेता एपिएफले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा विजयी सुरुवात गरेको छन् ।
शनिबार भएको उद्घाटन खेलमा रेलवे टिमले पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६ र २५– १४ ले पराजित गर्यो।
यसैगरी अर्को खेलमा एपीएफले बर्षात एशोसियसन क्लबलाई सोझो सेटमा २५–१७,२५–५ र २५–६ ले हरायो।
पराजित नेपाल पुलिस क्लबका प्रशिक्षक भरत शाहले नयाँ खेलाडी भएकोले भारतीय टोलीलाई कडा चुनौति दिन नसकेको बताए। उनले भने, 'हामीले क्षमता अनुसार राम्रो खेल्ने कोसिस गरेको हौं। तर नयाँ खेलाडी र अनुभव कम भएकोले भारतीय टिमसँग खेल्दा कठिन भयो।'
यता रेलवेका प्रशिक्षक दिप्ती घोसले आफुहरुको लक्ष्य उपाधि जित्ने नै भएपनि खेल कस्ते हुन्छ भन्न नसकिने बताइन्।
‘डिफेन्डिङ च्याम्पियन भएपनि हामीले नै पुन जित्छौं भन्ने केहि ग्यारेन्टी छैन। टिमले कस्तो खेल्छ त्यसमा भर पर्छ। नेपाली क्लबको टिम वर्क राम्रो हुन्छ। उनीहरुले खेललाई आफनो पक्षमा पार्ने, जित्ने क्षमता राख्छन्। तर हामी पनि उपाधि जित्ने लक्ष्य लिएर पुन नेपालगन्ज आएको हौं ।
प्रशिक्षक घोसले आफनो टोलीकी प्रिती सिंह र अनुसी घोष भारतीय महिला भलिबल टोलीको सदस्य भएको बताइन्।
खेल अघि युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले प्रतियोगिताको उद्घाटन गरेका थिए। सरकारले आफ्नो प्रतियोगिताको रुपमा लिनु पर्ने र प्रतियोगिता नेपाल सरकारको स्वामित्वमा राखेर आयोजना गर्ने घोषणा समेत गरे।
प्रतियोगिताको अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व ओपनर महेश क्षेत्रीलाई मन्त्री श्रीपालीले सम्मान गरे।
फागुनको १८ गते सम्म चल्ने प्रतियोगितामा भारतीय दुइ टोलीसहित नेपालको चार महिला भलिबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छन् ।
बाँके जिल्ला भलिबल संघको आयोजनामामा भैरहेको प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्ड हलमा भैरहेको छ।
प्रतियोगिताको समुह ए मा रेलवे टिम इन्डिया, नेपाल पुलिस, आयोजक मध्यपश्चिम तथा समुह बी मा एपीएफ, बर्षात एशोसियसन र त्रिभुवन आर्मी क्लब रहेको छन्।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन्।
सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए।