PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​सरकारी कार्यालयको भुक्तानी आजदेखि अनलाइनमार्फत, अब चेक काट्नु नपर्ने



पहिलोपोस्ट

​सरकारी कार्यालयको भुक्तानी आजदेखि अनलाइनमार्फत, अब चेक काट्नु नपर्ने

काठमाडौं : सरकारी कार्यालयबाट दिने भुक्तानी सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ। पहिलो चरणमा आजदेखि सिंहदरबारभित्र रहेका कार्यालयबाट हुने भुक्तानी अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ। 

पहिलो चरणमा आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत गरिनेछ। 

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुनेगरी व्यवस्था मिलाउन लागिएको हो। 
अहिले रकम भुक्तानीका लागि चेक साट्न कम्तीमा पाँचदेखि एक महिनासम्म लाग्ने गरेको छ। डिजिटल हस्ताक्षर प्रणालीको प्रयोग अनिवार्य नभएकाले अनलाइन भुक्तानी पूर्णरुपमा कार्यान्वयन आउन भने समय लाग्नेछ । 

अहिले कोष तथा लेखा नियन्त्रक कार्यालयले चेक जारी गर्ने गरेको छ। चेक प्राप्त गर्ने निकायले उक्त चेक बिल पेस गर्ने पक्षलाई बुझाउँछ। बिल पेस गर्ने पक्षले चेक बैंकमा पेस गरी भुक्तानी लिने प्रचलन छ। अनलाइन भुक्तानी सेवा सुरु भएपछि यो प्रक्रिया सरल हुने महालेखा कार्यालयको विश्वास छ। साथै जनशक्ति पनि कम लाग्ने आकलन कार्यालयको छ।

अनलाइनमार्फत भुक्तानीका लागि महालेखाले नेपाल क्यिरिङ हाउस लिमिटेड (एनसिएचएल) मार्फत सम्बन्धित बैंकमा भुक्तानी पठाउँछ। एनसिएचएलले अहिले विभिन्न बैंकहरुबीच पनि अन्तरबैंक विद्युतीय भुक्तानी सेवा दिँदै आएको छ। त्यसका लागि एनसिएचएलमा आवद्धता हुनुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell