PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​मिडियामाथि ट्रम्पको अर्को आक्रोश, ह्वाइट हाउस संवाददाताको रात्रिभोज बहिस्कार



पहिलोपोस्ट

​मिडियामाथि ट्रम्पको अर्को आक्रोश, ह्वाइट हाउस संवाददाताको रात्रिभोज बहिस्कार

एजेन्सी : सञ्चार माध्यममाथि निरन्तर रुपमा आलोचनात्मक टिप्पणी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ह्वाइट हाउस संवाददाता संघ’को रात्रिभोज बहिस्कार गर्ने घोषणा गरेका छन्।

संघले हरेक बर्ष राष्ट्रपतिको सम्मानमा रात्रिभोज गर्दै आएको छ। जसमा राष्ट्रपति सहभागि हुने प्रचलन छ। 

आफ्ना बिरुद्ध सञ्चारमाध्यले नियोजित प्रहार गरिरहेको आरोप लगाउँदै आएका ट्रम्पले ट्वीटमार्फत रात्रिभोजमा सहभागि नहुँने बताएका हुन्। 

शुक्रबार ट्रम्पका आलोचक सञ्चारमाध्यमका प्रतिनिधिलाई ह्वाइट हाउसमा प्रवेश दिइएको थिएन। बीबीसी, न्यूयोर्क टाइम्स, सीएनएन तथा केही प्रमुख सञ्चारमाध्मयलाई ह्वाइट हाउस प्रवक्ताको प्रेस भेटघाटमा प्रवेश दिइएको थिएन। पछिल्ला घटनाक्रमले ट्रम्पको मिडियासँगको सम्वन्धको दूरी थप बढाएको छ। 

आफुविरुद्ध झुठा समाचार प्रकाशन÷प्रसारण गरेको भन्दै ट्रम्पले बारम्बार मिडियाको आलोचना गर्दै आएका छन्। उनले केही मिडिया अमेरिकी जनताको दुस्मन भएको पनि बताउँदै आएका छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell