PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

​कानपुरमा क्याम्पसमा सहमतिमा स्ववियु घोषणा, अध्यक्षमा अनेरास्ववियुकी सुनिता लामा



पहिलोपोस्ट

बनेपा : काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने तिमालको कानपुर क्याम्पसमा शनिबार सर्वसहमतिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) घोषणा भएको छ। 

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, र अखिल क्रान्तिकारीबीच भएको सहमतिअनुसार सो क्याम्पसमा अनेरास्ववियुकी सुनिता लामा अध्यक्ष, उपाध्यक्ष मुना पौडेल (अखिल क्रान्तिकारी) सचिव बबिता मैनाली (अखिल क्रान्तिकारी) सहसचिव सन्तोषी भण्डारी (अनेरास्ववियु) र कोषाध्यक्ष अनिता तामाङ (नेविसङ्घ) निर्वाचित भएको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ। 

त्यस्तै सदस्यमा समीक्षा मैनाली र निर्मला श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका अझै १५ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। यही फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार काभ्रेपलाञ्चोकका अधिकांश त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ। दुईवटा क्याम्पसमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद हुँदा उम्मेदवारी दर्ता स्थगित भएको छ भने एउटा क्याम्पसमा आज उम्मेदवारी दर्ता हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell