
गाब्रिएल मर्साडो र भिसेन्ट आइबोरोले दोस्रो हाफमा गोल गरेपछि सेभिया रियल बेटिसलाई २-१ ले पराजित गर्दै स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ।
एक गोलले पछि परेको स्थितीमा सेभियाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गरेको हो।
खेलको ३६ औं मिनेटमा रिजा डुर्मिसीले गोल गर्दै बेटिसलाई घरेलु र्मदानमा अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो सयम टिकेन। दोस्रो हाफमा सेभियाले पुनरागमन गर्दै २ गोल गर्यो।
मर्साडोले ५६ औं मिनेटमा गोल गर्दै बराबरी गरे भने ७६ औं मिनेटमा आइबोराले विजयी गोल गरे।
जिपछि २४ खेलबाट शीर्ष स्थानको रियल मड्रिड समान ५२ अंक जोडेको सेभिया गोल अन्तरमका आधारमा दोस्रोमा छ। रियलले सेभियाल भन्दा २ खेल कम खेलेको छ।
यस्तै २३ खेल खेलेको बार्सिलोना ५१ अंकका साथ तेस्रोमा छ। बार्सिलोनाले आज एथ्लेटिको मड्रिडसँग खेल्दैछ। त्यसमा जित हात पारे बार्सिलोना केही समयका लागि भएपनि शीर्ष स्थानमा उक्लनेछ। यस्तै रियलले पनि त्यसपछि भियारियलसँग खेल्नेछ।
ला लिगाकै अन्य खेलमा लेगानेसले डेपार्टिभा ला कुरानालाई ४-०, आइबरले मालागालाई ३-० र अलाभेजले भयालेन्सियालाई २-१ ले पराजित गरेको छ।
Sevilla move level with Real Madrid at the top of #LaLigaSantander while Leganes edge away from the relegation zone. ⬆️ pic.twitter.com/FNaOJrPg3O
— LaLiga (@LaLigaEN) February 25, 2017