PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​पश्चिम सिरियामा बन्दुकधारीको आत्मघाती हमला, ३२ जनाको मृत्यु



पहिलोपोस्ट

​पश्चिम सिरियामा बन्दुकधारीको आत्मघाती हमला, ३२ जनाको मृत्यु

एजेन्सी : पश्चिम सिरियाको होम्स शहरमा बन्दुकधारीको आत्मघाती हमलामा परी ३२ जनाको ज्यान गएको छ। सुरक्षा चौकीलाई निशाना गरी भएको हमलामा सरकारी ‘खुफिया एजेन्सी’का एक अधिकारीको पनि मृत्यु भएको सिरियाको सरकारी टेलिभिजनले जनाएको छ।

घटनामा मृत्यु हुनेको संख्या ४० बढी हुनसक्ने अनुमान गरिएको छ। जेहादी संगठन तहरीर–अल–शामले घटनाको जिम्मेवारी लिएको छ।

विद्रोहीसँगको शान्ति सम्झौता भंग भएपछि सन् २०१५ देखि होम्स शहर सेनाको नियन्त्रणमा छ। सिरियाको सरकारले यस घटनाको जवाफ दिने प्रतिक्रिया दिएको छ।

तहरीर–अल–शामले सन् २०१५ मा शान्ति सम्झौता भंग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell