
रोवर्टो लेवान्डास्कीको ह्याट्रिक मद्दतमा वायर्न म्युनिखले शनिबार ह्यामवर्गलाई ८-० ले पराजित गरेको छ।
लेवान्डास्कीले २४ औं, ४२ औं र ५४ औं मिनेटमा गोल गरे। यस्तै किंगसले कोमनले २ तथा अर्टुरो भिदाल, डेविड अलवा र आर्जेन रोवेनले १/१ गोल गरे।
प्रशिक्षक कार्लोस एन्सेलोट्टीको सयौं प्रतिस्पर्धात्मक खेलमा वायर्नले शानदार जित हात पारेसँगै दोस्रो स्थानको लेइपजिगमाथि ५ अंकको अग्रता कायमै राखेको छ।
समान २२ खेलबाट वायर्नको ५३ अंक छ भने लेइपजिगको ४८ अंक छ।
लेइपजिगले पनि शनिबार एफसी कोलोनलाई ३-१ ले हरायो। उसको जितमा एमिल फोसवर्ग र टिमो वेनरले १/१ गोल गरे। कोलोनका मारोहले आत्मघाती गोल गरे। कोलोनका लागि ओसाकाले एक गोल फर्काए।
यस्तै तेस्रो स्थानको बोरुसिया डर्टमण्डले पिएरे एमरिक औवामेयाङको २ गोल मद्दतमा फेइवर्गलाई ३-० ले हरायो। डर्टमण्डका लागि पापास्थाथोपुलसले गोल गरे।
फोटो : http://www.bundesliga.com/en/