PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

सिरी ए : घरमा युभेन्ट्सको लगातार ३० औं जित, शीर्ष स्थानमा १० अंकको अग्रता



पहिलोपोस्ट

सिरी ए : घरमा युभेन्ट्सको लगातार ३० औं जित, शीर्ष स्थानमा १० अंकको अग्रता

इटालिनय जायन्टले युभेन्ट्ले घरेलु मैदानमा लगातार जित यात्रालाई ३० पुर्‌याएको छ।

इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा एम्पोलीललाई २-० ले पराजित गर्दै उक्त उपलब्धी हासिल गरेको हो। गत सेप्टेम्वरमा फ्रोसिनोसाग १-१ को बराबरी खेलेयता युभेन्ट्सले घरेलु मैदानमा कुनै अंक गुमाएको छैन।

युभेन्ट्सको जितमा एलेक्स सान्ड्रोले १ गोल गरे भने एम्पोलीका लुकास स्कोरुपस्कीले आत्मघाती गोल गरे।

जितसँगै युभेन्ट्सले दोस्रो स्थानको रोमा माथि १० अंकको स्पष्ट अग्रता बनाएको छ। युभेन्ट्को २६ खेलबाट ६६ अंक छ भने एक खेल कम खेलेको रोमाको ५६ अंक छ।

सिरी ए कै अर्को खेलमा तेस्रो स्थानको नेपोली घरेलु मैदानमै एटलान्टासँग २-० ले पराजित भएको छ। एटलान्टाको जितमा माटिअ काल्डाराले दुवै गोल गरे।

जितपछि एटलान्टा २६ खेलबाट ५१ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। पराजित भएपछि नेपोलीले दोस्रो स्थानमा उक्लने मौका गुमायो।

सिरी ए अन्तर्गत आज दोस्रो स्थानको रोमा र पाँचौं स्थानको इन्टर मिलानबीच खेल हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell