PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

एलिना स्भितोलिनाले जितिन् दुवई टेनिस च्याम्पियनसिपको उपाधि



पहिलोपोस्ट

विश्र नम्वर १३ एलिना स्भितोलिनाले कारोलिन वाज्नीयाकीलाई सोझो सेटमा पराजित गर्दै दुवई टेनिस च्याम्पियनसिपको उपाधि जितेकी छिन्।

२२ वर्षे युक्रेनी एलिनाले १० औं वरीयताका डेनिस खेलाडी वाज्नीयाकीलाई ६-४, ६-२ को सेटमा हराइन्।

उपाधि जितेपछि एलिनाले आफु सुपर ह्याप्पी भएको बताइन्। 'वाज्नीयाकीसँग खेल्नु सँधै गाह्रो हुन्छ, उनी यस्ती खेलाडी हुन कि महिल्यै हार मान्दिनन्। यो उत्कृष्ट खेल थियो र म एकदमै खुशी छु।'

एलिनाको यो करियरको छैटौं डब्लुटिए टाइटल हो भने २०१७ को दोस्रो हो।

वाज्नीयाकीले सन् २०११ मा दुवईमा उपाधि जितेकी थिइन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell