PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​बर्षमान पुनलाई थप उपचारका लागि बैंकक लगिँदै



पहिलोपोस्ट

​बर्षमान पुनलाई थप उपचारका लागि बैंकक लगिँदै

काठमाडौं : माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री बर्षमान पुन अनन्तलाई थप उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ। आज दिउसो १ः५५ बजेको थाइ एयरको नियमित उडानबाट पुनलाई बैंकक लैजान लागिएको बहिनी सुशीला पुनले जानकारी दिइन।

‘ज्वरो आएर भाइरल भनेर उपचार गरेको थियो। त्यसपछि निमोनिया भन्यो। फेरि टाइफाइड भन्यो। रोग पत्ता नलागेसम्म थाइल्याड लैजान लागिएको हो।’ सुशीलाले भनिन्। 

पुनका साथमा सभामुख समेत रहेकी श्रीमती ओनसरी घर्ती पनि बैंकक जादैछिन्।  

फागुन १० गते उच्च ज्वरोका कारण धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका पुनको रोग पहिचान हुन नसकेपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो। 

उच्च ज्वरोको समस्या कायमै छ । उनले यसअघि पनि लामो समयसम्म बैंककमा जन्डिसको उपचार गराएका थिए।  

तस्विर : किशोर श्रेष्ठको फेसबुकबाट



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell