PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​स्ववियु निर्वाचन तोकिएको समयमा नै गर्न क्याम्पसहरुलाई त्रिविको पत्राचार



पहिलोपोस्ट

​स्ववियु निर्वाचन तोकिएको समयमा नै गर्न क्याम्पसहरुलाई त्रिविको पत्राचार

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले तोकिएकै समयमा स्ववियु निर्वाचन सम्पन्न गर्न सबै क्याम्पसलाई पत्रचार गरेको छ। विभिन्न विद्यार्थी संगठनहरुको विवादका कारण जारी कार्यतालिका अनुसार प्रायः क्याम्पसहरुको चुनावी गतिविधि अगाडि बढ्न नसकेका बेला त्रिविले यस्तो पत्र पठाएको हो।

स्ववियु चुनावको कार्यतालिका अनुसार शनिबार सबै क्याम्पसमा हुनुपर्ने उम्मेदवारी दर्ता विद्यार्थी संगठनको अवरोधका कारण हुन सकेन। मनोनयन दर्ता हुन नसकेपछि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति त्रिवि कीर्तिपुरले आइतबार स्ववियु चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न सवै क्याम्पसलाई परिपत्र जारी गरेको छ।

त्रिविले यसअघि विभिन्न अवरोध भई तालिका अनुसार काम नभएका क्याम्पसहरुमा पनि फागुन १८ मै निर्वाचन सम्पन्न गर्नेगरी तालिका मिलाई अघि बढ्न क्याम्पसहरुलाई पत्रचार गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell