PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

​एभरटनको जितमा रोमेलो लुकाकुको कीर्तिमानी गोल, सर्वाधिक गोलकर्तामा डनकन फर्गुसनसँग बराबरी



पहिलोपोस्ट

​एभरटनको जितमा रोमेलो लुकाकुको कीर्तिमानी गोल, सर्वाधिक गोलकर्तामा डनकन फर्गुसनसँग बराबरी

प्रिमियर लिगअन्तर्गत शनिबार सण्डरल्याण्ड विरुद्ध एभरटनका लागि गोल गरेसँगै रोमेलो लुकाकुले क्लबका लागि सर्वाधिक गोल गर्ने डनकन फर्गुसनको कीर्तिमान बराबरी गरेका छन्। 

लुकाकुले सण्डरल्याण्ड विरुद्ध २-० को जितमा दोस्रो हाफमा १ गोल गरेका थिए। यससँगै लुकाकु फर्गुसनसँगै एभरटनका लागि सर्वाधिक ६० गोल गर्ने खेलाडी बनेका छन्।

लुकाकुले फर्गुसनले भन्दा ११० खेल अगाडैनी उक्त उपलब्धी हात पारेका हुन्।

फर्गुसनले २३९ खेलमा ६० गोल गरेका थिए भने लुकाकुले १२९ खेलमै उक्त कोसेढुंगा पुरा गरे।

यसक्रममा २३ वर्षे लुकाकुले २ ह्याट्रिक समेत गरेका छन्। फर्गुसनले १ ह्याट्रिक गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell