पारी चितवन राष्ट्रिय निकुञ्ज, वारी नवलपरासीको मध्यवर्ती क्षेत्र। बीचमा बगिरहेको नारायणी। नदीको किनारै किनार लट्ठी बोकेका एक जना हिँड्दै केही खोज्दै थिए। खोजेकै चिज भेटियो - ढुंगाको कापमा लुकेको पानी सर्प।
देख्ने बित्तिकै लट्ठीले सर्पको जिउमा थिचे। सर्प आत्तियो। टाउको उठायो। तर जिउ लट्ठीले थिचेको हुनाले भाग्न पाएन। सहयोगीले लट्ठी समातेपछि उनले बिस्तारै हात बढाएर सर्पको टाउको समात्न के खोजेका थिए, बूढी औँलामा डस्न भ्याइहाल्यो।
अरु भएको भए अहो सर्पले डस्यो भनी मनोवैज्ञानिक असर परिसक्थ्यो। तर उनी निश्चिन्त थिए। सर्पकै न्वारन गर्ने हर्पेटोलोजिस्ट प्राध्यापक करनबहादुर शाहलाई समातेको सर्प विषालु भएको नभएको थाहा नहुने कुरै भएन। करन त्यस्ता व्यक्ति हुन् जसको सम्मानमा एउटा सर्पको प्रजातिको नाम राखिएको छ - ट्राइमेसुरस करनशाही।
***
सन् १९९७। दुई रुसी र दुई स्विस विज्ञ साथीहरुसहित ८/९ वर्षको सानो छोरालाई लिएर करन फुल्चोकी गएका थिए - छेपारो, भ्यागुता र सर्प संकलन गर्न। ३ हजार मिटरको उचाइमा गाडीमा गएपछि बिस्तारै काम गरेर झर्ने भन्दै उनीहरुले गाडी फर्काइदिए।
छोरा पहिलो पटक फिल्डमा गएको। लामो समय हिँड्नै सकेन। त्यसैले अरु जम्मै एक्सपर्ट अगाडि अगाडि हिँडिरहेका थिए, उनी भने छोरासँग बिस्तारै फुल्चोकीको ओरालो झरिरहेका थिए।
बाटोमा एउटा चार फिट जति लामो हरियो सर्प घाम तापिरहेको देखियो। उनीहरु त्यहाँ पुग्ने बित्तिकै सर्प घाम तापेको ठाउँबाट नजिकैको दुलोतर्फ लाग्यो। दुलोमा आधाभन्दा बढी पसिसकेको थियो, पूच्छर समातेर ताने र जिउँदै झोलामा राखे।
तल झरिसकेपछि उनले आफूले भेट्टाएको सर्प देखाए। यो टोलीमा निकोलाइ ओर्लोभ नामका विश्वकै टप हर्पेटोलोजिस्ट पनि थिए। सर्प देख्ने बित्तिकै ऊ करायो - ओ करन, दिस मे बी न्यु फर साइन्स।
'तर त्यतिबेला यसलाई हल्का रुपमा लिइयो,' करन सम्झिन्छन्। उनलाई आफूले समातेको सर्पको नाम आफ्नै नामबाट रहन सक्छ भन्ने हेक्कै थिएन।
विज्ञहरु नेपालबाट फर्किए। त्यतिबेला नेपालमा संकलन गरिएका नमूना आधा नेपालमै छाडेर आधा लिएर जान पाइन्थ्यो। करनले समातेको सर्प के हो पहिचान गर्न ओर्लोभ आफैले रुस लिएर गए।
झण्डै एक वर्ष विश्वमा पाइने अरु सर्पको प्रजातिसँग त्यसको तुलना गर्न खोजे। तर कतै मेल खाएन।
वास्तवमा त्यो सर्प अहिलेसम्म कहीँ फेला परेको रहेनछ। संसारमै पहिलो पटक फुल्चोकीमा फेला परेको रहेछ। नामाकरणै नभइसकेको हुनाले त्यसको नाम नै करन शाहको नामबाट राखियो। ट्राइमेसुरस करनशाही।
***
वास्तवमा उनको थर शाही नै थियो। उनको परिवारमा उनी मात्रै हुन् शाह। कसरी उनको नाम शाह भयो, त्यसको पनि एउटा रोचक प्रसंग छ। डोटी घर भएका उनलाई पाँच कक्षासम्म त अङ्ग्रेजी केही पनि नआउने। पढाउने पनि उस्तै। कुमाउँ गढवालबाट आएका एक जना मास्टरले सबै विषय पढाउँथे। भाषा पनि उस्तै- 'थाहा छैन'लाई 'मालुम छैन' भन्थे। तर करन घोक्न भने खप्पिस थिए। घोकेकै भरमा उनले पाँच कक्षा पास गरे। पाँच जनाले परीक्षा दिँदा चार जना फेल। एक्ला उनी पास। त्यसपछि उनलाई पढ्न भारतको बम्बई पठाइयो। किनभने काठमाडौँमा जान भन्दा बम्बई जान खर्च र समय दुवै हिसाबले सजिलो थियो।

तर बम्बईमा उनलाई आपत् आइलाग्यो। नेपालमा त जसोतसो पढियो। तर त्यहाँ मराठी र अङ्ग्रेजी पढ्नु पर्थ्यो। अङ्ग्रेजी नजानेकोले उनले गिल्ला सहनु पर्यो। प्रवेश परीक्षामा उनलाई सोधियो- बम्बेके लोग पानी कहाँसे पीते है?
'समुद्रसे,' उनले फ्याट्ट जवाफ दिए। स्कूलै थर्कने गरी गलल हाँसो गुन्जियो।
'समुद्रमा पानी हुन्छ भन्ने मलाई थाहा थियो, तर समुद्रको पानी नुनिलो हुन्छ भन्ने कुरा न मलाई थाहा थियो, न कसैले मलाई भनेको थियो', प्रकृतिका साथीहरु समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो अनुभव सुनाउने क्रममा शाहले सम्झिए।
मुम्बईको स्कूलमा फाराम भर्दा थर शाही लेखेको देखेपछि फेरि सबै गलल हाँसे - 'तुम्हारा नाम शाही है' भन्दै। के रहेछ भनेर बुझ्दा त्यहाँ त मराठीमा दुम्सीलाई पो शाही भनिँदो रहेछ। साथीहरुको जिस्काइबाट बच्न उनले आफै आफ्नो थर फेरिदिए- शाहीलाई शाह बनाए। उनको पहिचान मेटियो। तर सर्पले उनको वास्तविक पहिचान पुनः दिलाइदियो। सर्पसँग जोडिएको उनको नाममा शाही नै छ।

वनस्पति होस् वा वन्यजन्तु। हरेकको वैज्ञानिक नाम हुन्छ। स्थानीय नाम फरक-फरक हुने भएकोले संसार भरी एउटै नामले कुनै प्रजातिको नाम थाहा पाउन वैज्ञानिक नाम राख्ने प्रचलन सुरु भएको हो। यो मृत भाषा ल्याटिनबाट राखिन्छ। यसो गर्दा बोलिचालीको भाषा नभएकोले अपभ्रंश हुने सम्भावना हुँदैन।
वैज्ञानिक नाम राख्दा पनि एउटा नियम हुन्छ। नाम ठाउँको नामबाट वा मान्छेको नामबाट राख्न सकिन्छ। मान्छेको नामबाट राखिँदा महिला र पुरुषमा भिन्दाभिन्दै नियम छ। महिला हो भने थरको पछाडि ए र ई थपिन्छ। करन केटी भएको भए सर्पको नाम करन शाहेइ हुन्थ्यो। पुरुषको थर पछाडि आइ राखिन्छ। यसरी शाहीबाट शाह बनेका करनको पहिचान सर्पको नाममा पुनः फर्कियो।
२०५५ सालमा हरेउ सर्प नेपाली नामसहित उनले पत्ता लगाएको सर्पको हुलाक टिकट पनि निस्कियो।
सर्प मात्र हैन उनले ६ वटा जीवजन्तु 'न्यु फर साइन्स' अर्थात् विश्वमै पहिलो पटक पत्ता लगाएका छन्। ती सबैमा उनको नाम भने छैन। कति उनले अरुसँग मिलेर पत्ता लगाएका हुन्। ती मध्ये एउटा बाजुरामा भेटिएको छेपारो पनि हो।
रोडनी ज्याक्सन र उनी सहितको अध्ययन टोलीले विश्वमै पहिलो पल्ट डोल्पा र मुगुमा हिउँ चितुवामा रेडियो कलर लगाएर अनुसन्धान गरेको थियो। पाँच वटा हिउँ चितुवालाई पासोमा पारेर रेडियो कलरिङ गरेर छाडिएको थियो। र, त्यसबाट प्राप्त तथ्याङ्कका आधारमा गरिएको अध्ययनले विश्वमै तहल्का पिटेको थियो। यो उनको करिअरकै टर्निङ प्वाइन्ट थियो।
***
तर यो उपलब्धि हासिल गर्न उनले कम्ता संघर्ष गरेनन्। मुम्बईको स्कूलमा मराठी पनि पढ्नु पर्थ्यो। ६ कक्षाको १०० अङ्कको प्रश्नपत्रमा २० वटामा एउटा मात्रै सही जवाफ लेख्न सके। दुई नम्बरमात्र पाए। म्याथमा त जिरो।
करनलाई उनीसँगै बस्नेले काम गर्न आउने बाईको सानो छोरालाई देखाएर हकारे - हेर, तैँले जिरो ल्याइस्। यो बच्चाले एक्जाम दिएको भए यसले पनि जिरो नै ल्याउँछ।
त्यसपछि उनले रातदिन मेहनत गरेर पढ्न थाले। अर्ध वार्षिक परीक्षाको हालत त्यस्तो भए पनि वार्षिक परीक्षामा भने उनले सबै विषय पास गरे। भलै नम्बर राम्रो आएन।
११ कक्षामा एसएससी उनले फर्स्ट डिभिजनमा पास गरे। गाउँमा चैँ फर्स्ट आयो भन्ठानेछन्।
त्यसपछि उनले साइन्स पढ्ने निर्णय गरे। इङ्ग्लिस बोल्न अझै आउँदैन थियो। तर चौहान इन्स्टिच्युट अफ साइन्समा भर्ना भए। कलेजमा गएपछि उनी फेरि अलमलिए। पढाइ पूरै इङ्ग्लिस मिडियममा थियो। मेहनतले जसोतसो आइएस्सी पास गरे। मार्क्स उट्पट्याङ्गे थियो। १५० पूर्णाङ्कको केमेस्ट्रीमा ४८ ल्याएका थिए। तर केमेस्ट्रीकै प्राक्टिकलमा ५० पूर्णाङ्कमा ४८।
आइएस्सी पास गरेपछि उनी २०३० सालमा पहिलो पटक काठमाडौँ आए। फेरि मुम्बई फर्कने योजना थियो। काठमाडौँबाट निकै प्रभावित भएपछि यतै पढ्न मन लाग्यो। घरले पनि सहमति जनायो।
बीएस्सी पढ्न बोटनी र जुलोजी दुई विकल्प थिए त्रिचन्द्रमा। आइएस्सीमा जुलोजी भन्दा बोटनीमा धेरै नम्बर आएको थियो। बोटनी नै पढौँला जस्तो लागेको थियो उनलाई। तर भर्खर साथी भएका एक जनाले उनलाई केटीहरुले बोटनी पढ्छन् केटाले जुलोजी। यही राम्रो हुन्छ यही पढौँ भनेपछि उनी यतै लागे।
जुलोजीमा बीएस्सी टप गरे उनले। मास्टर्स डिग्री इन्टोमोलोजी (कीटविज्ञान) मा कीर्तिपुरबाट गोल्ड मेडलिस्ट भए। २०३५ मंसिर ४ गते रिजल्ट भयो, ५ गते त्रिचन्द्र कलेजमा पढाउन सुरु गरे। डेढ वर्ष पढाउँदा विद्यार्थीले उनलाई गाई सरको उपनाम दिएका थिए।
शाही लोक सेवा आयोग जाँच दिएर टप गरेर उनी छाउनीस्थित त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्रहालयमा अनुसन्धानमा संलग्न भए। उनले कसैले काम नगरेको हर्पेटोफाउनामा काम गर्न सुरु गरे। ६३ वर्षीय शाह अब चैत २३ गते रिटायर्ड हुँदैछन्। केही अवधि थप्न सकिने प्रावधान पनि छ। तर उनलाई त्यसमा रुचि छैन। अझै पनि उनलाई फिल्डमा जान र अनुसन्धानमा सक्रिय भइरहन भने मन छ। उनको ज्ञान र अनुसन्धानकै कारण उनलाई नजिकबाट चिन्नेहरु प्रा. शाहलाई हर्पेटोलोजीको इन्साइक्लोपेडिया उपनाम दिन्छन्। जागिरबाट रिटायर्ड भए पनि उनी अनुसन्धानबाट कहिल्यै रिटायर्ड हुने छैनन्। 'कतिपय कुरा यस्ता छन्, जुन मबाहेक अरु कसैले यहाँ गर्न गाह्रो छ,' उनको आत्मविश्वास छ।