PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

संशोधन प्रस्ताव 'फास्टट्रयाक'मा पारित गराउने कांग्रेसको निर्णय



पहिलोपोस्ट

संशोधन प्रस्ताव 'फास्टट्रयाक'मा पारित गराउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले संशोधन प्रस्ताव 'फास्टट्रयाक'मा पारित गराउने निर्णय गरेको छ।
 
सरकारले स्थानीय तहको चुनाव घोषणा गरिसकेको र चुनावका जान मोर्चाले संशोधन प्रस्ताव पारित गर्नुपर्ने सर्त राखेको भन्दै संविधान कार्यान्वयका लागि फास्टट्रयाकबाट विधेयक पारित गर्ने कांग्रेसले निर्णय गरेको हो। मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सभापति शेरबहादुर देउवाले आज कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा डाकेको बैठकले संशोधन प्रस्ताव पारित गरेर चुनावको माहोल निर्माण गर्ने निर्णय लिएको हो।
 
'संशोधन प्रस्ताव पारित गर्न कांग्रेस सम्पूर्ण रुपले लाग्नेछ,' कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकपछि भने, 'संशोधन प्रस्ताव अघि बढिसकेकाले अब नेकपा एमाले पनि संशोधनकै पक्षमा आउनेछ।' चुनाव चाहनेले संशोधन विधेयकको विरोध नगर्ने पनि उनले विश्वास व्यक्त गरे।
 
कस्तो संशोधन लैजाने र कसरी विधेयक पारित गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद फर्मुल्लाह मन्सुरले बताएका छन्। 'संशोधनलाई फास्टट्रयाकमा लगेर पारित गर्ने निर्णय भएको छ,' उनले भने, 'संशोधन विधेयकमाथि संशोधन लैजाने र विधेयकलाई फास्टट्रयाकमा पारित गराउनका लागि अरु दलसँग पनि समन्यव गर्नेछौँ।'
  
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि संशोधन प्रस्ताव पारित गराउन के गर्ने र पारित हुन नसके के गर्ने भन्ने विषयमा छलफल सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell