PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

९ फोटोमा हेर्नुस्, यसरी भइरहेछ अस्कर अवार्डको तयारी

९ फोटोमा हेर्नुस्, यसरी भइरहेछ अस्कर अवार्डको तयारी

पहिलोपोस्ट /पहिलोपोस्ट


आज सन् २०१६ का लागि अस्कर अवार्ड घोषणा हुँदैछ। यसैबीच हलिउडमा अवार्ड कार्यक्रमको तयारी सकिएको छ। ९ सय फिट लामो रेड कार्पेटमा फिल्मी स्टारहरु देखिँदैछन्।
 
समारोह हलिउडको डाल्बी थिएटरमा सम्पन्न हुँदैछ। जसका लागि थिएटरको वरिपरि विभिन्न मूर्ति र प्रतिमाहरु राखिएका छन्। ती प्रतिमा कार्यक्रम सुरु हुनुअघि अनावरण गरिनेछ।
 
कार्यक्रमको लागि सभास्थल सजावट एक हप्ताअघि देखि चल्दै आएको छ। समारोहका लागि रेड कार्पेट मात्र होइन स्टेज सजावटमा पनि विशेष ध्यान दिइएको छ। 
 
डाल्बी थिएटरभित्र मात्र होइन बाहिर पनि उस्तै तयारी गरिएको छ। थिएटरभित्र जाने वैकल्पिक बाटो बन्द गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक बाटोमा रोक लगाइएको हो। हल भित्र र बाहिर सुरक्षा व्यवस्थापन कडाइ गरिएको बिबिसीले जनाएको छ।

यो वर्षको अस्कर मनोनयनमा अभिनय तर्फका अवार्ड विधाका लागि २० मध्ये ७ मनोनयन नश्लीय अल्पसंख्य रहेका छन्।
 
म्युजिकल फिल्म 'ला ला ल्यान्ड' मात्र १४ विधाका अवार्डको लागि मनोनीत भएको छ। फिल्म बेस्ट फिल्म, बेस्ट अभिनेता, बेस्ट अभिनेत्री र बेस्ट निर्देशक जस्ता मुख्य विधामा मनोनीत भएको हो।
 
८९ औं अस्कर अवार्डका लागि डेजेल वासिङटन उनको फिल्म 'फेसेज'का लागि बेस्ट अभिनेतामा मनोनीत छन्। रूथ नेग्गा फिल्म 'लबिङ'का लागि बेस्ट अभिनेत्रीमा मनोनीत छिन्।
 
२२५ देशमा अवार्ड समारोह टिभी मार्फत प्रस्तुत हुन्छ। अमेरिकामा मात्र तीन करोडले समारोह हेर्ने अनुमान गरिएको छ। समारोह हलमा मात्र तीन हजार तीन सय कुर्सी राखिएका छन्। 
 
ब्रितानी अभिनेत्री मेरिल स्ट्रीप यस पटक समेत गरी बीसौं पटक अस्करमा मनोनित भएकी छिन्। फिल्म 'फ्लोरेन्स फास्टर जेनकिन्स'का लागि श्रव्यशक्ति कम भएकी ओपेरा सिंगरको भूमिका निभाएकोमा उनी छानिएकी हुन्।


ट्रेन्डिङ पोस्ट

Ncell