PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

नेपाली क्रिकेट टीमको भारत भ्रमण : पहिलो अभ्यास खेलमा नेपाललाई २८२ रनको लक्ष्य



पहिलोपोस्ट

नेपाली क्रिकेट टीमको भारत भ्रमण : पहिलो अभ्यास खेलमा नेपाललाई २८२ रनको लक्ष्य

काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेल अघि भारत भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा अहिले राजवाडा क्रिकेट टीमसँग खेलिरहेको छ।

नेपालले जितका लिग २८२ रनको लक्ष्य पाएको छ। ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको राजवाडाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २८१ रन बनायो।

राजबाडाका लागि रजत चप्रवालले सर्वाधिक ९१ रन बनाए भने मधुर खत्रीले ९० रन जोडे। यस्तै मोहम्मद सफी ५२ रन बनाए भने कपिल यादव १६, पाइलट सिंह ६, नरेन्द्र तोमर ५ तथा फर्मन अहमदले ३ रन बनाएर आउट भए। सचिन मालभ ८ रनमा रिटायर्ड हर्ट भए।

बलिङमा नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र करण केसीले १/१ विकेट लिए। राजवाडाका दुई खेलाडीलाई नेपालका विनोद भण्डारीले रनआउट गरे भने एक खेलाडीलाई शक्ति गौचनले रनआउट गरे।
(फोटो : रमन शिवाकोटी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell