काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा नेपालमा पहिलो पटक एएफसी फुटसल कोचिङ कोर्स लेभल ए सुरु भएको छ।
एन्फाले हुई हप्ता अघि फुटसल कमिटी पुनर्गठन गरेपछि एन्फा कम्प्लेक्समा आइतबारदेखि कोर्स सुरु गरिएको हो।
एएफसी इन्स्ट्रक्टर होसेइन सामको सहभागिता हुने उक्त ६ दिने कोर्समा नेपालका १९ जनाले भाग लिएका छन्।
सामले कोचिङ कोर्सले नेपालको राष्ट्रिय फुटसल टीम निर्माण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे। सामले भियतनामको उदाहरण दिँदै नेपालले पनि फुटसलमा राम्रो गर्न सक्ने बताए।
भियतनामले सन् २००६ बाट फुटसल सुरु गरेको र विश्वकप छनोटमा एसियन पावरहाउस जापानलाई समेत हराएको उनले बताए।
एएफसी सी कोचिङ कोर्स गरेकाले मात्र फुटसल कोचिङ कोर्समा भाग लिन पाउने प्रावधान छ।
एन्फाले रमेश रायमाझीको नेतृत्वमा फेब्रुअरी १० मा ५ सदस्यीय फुटसल कमिटी पुनर्गठन गरेको थियो।
फुटसल कोचिङ कोर्समा सहभागीहरु
विक्रम महर्जन
जिवन सिन्केमान
थम्मन भुसाल
चक्र तामाङ
अशोक राई
गणेश बुढाथोकी
सरोज थापा
पुरुरुषोत्तम थापा
गौरव बस्नेत
नरेश श्रेष्ठ
दीपक भुसाल
नवीन महर्जन
अनिल बहादुर गुरुङ
राजन न्यौपाने
राजेश खड्गी
राकेश श्रेष्ठ
चेतन घिमिरे
सनोज श्रेष्ठ
विष्णु गुरुङ