PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

यथास्थितिमा संविधान संशोधन गरिए परिणाम प्रत्युत्पादक हुने राप्रपाको चेतावनी



पहिलोपोस्ट

यथास्थितिमा संविधान संशोधन गरिए परिणाम प्रत्युत्पादक हुने राप्रपाको चेतावनी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमै संविधान संशोधन विधेयक बढाउँदा त्यसको परिणाम राजनीतिक प्रत्युपादक हुने चेतावनी दिएको छ।
 
राप्रपाका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले असन्तुष्ट पक्षलाई सम्बोधन नगरी गरिएको संविधान संशोधन पारित हुन नसक्ने पनि ठहर गरेको छ।
 
मधेस केन्द्रित राजनीतिक दलहरुको माग सम्बोधन गर्ने क्रममा संसदमा प्रस्तुत र हाल विचाराधीन विधेयकले कसैलाई पनि सन्तुष्ट पार्न नसकेको जनाउँदै राप्रपाले सबै दलबिचमा नयाँ समझदारी कायम गर्न आग्रह पनि गरेको छ। अहिलेकै अवस्थामा संशोधन प्रक्रिया अघि बढाए चुनावको वातावरण समेत धमिलिने बताउँदै राप्रापले प्रस्तुत विधेयकलाई समर्थन नगर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell