PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

बैशाखमा 'नेशनल फोटो जर्नलिज्म अवार्ड', १२ विधामा विभिन्न पुरस्कार



पहिलोपोस्ट

बैशाखमा 'नेशनल फोटो जर्नलिज्म अवार्ड', १२ विधामा विभिन्न पुरस्कार

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले नेशनल फोटो जर्नलिज्म अवार्ड आयोजना गर्ने भएको छ।
 
एनएफपीजेको स्थापनाको २० औं वर्षगाँठ मनाइरहेको अवसरमा एनएफपीजेले राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आगामी २०७४ बैशाख १३ गते अवार्ड गर्न लागेको हो।
 
विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरुको क्षमता र योग्यताको कदर गर्दै प्रोत्साहन स्वरुप विभिन्न १२ विधामा नगद पुरस्कारसहित ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ। फोटो कन्सर्नको तर्फबाट नगद १० हजार बराबरको गिफ्ट ह्याम्पर पनि प्रदान गरिने आयोजकले जनाएको छ।
 
एनएफपीजेका अनुसार अवार्डको नाम फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७४ राखिनेछ।
 
अवार्ड समारोहमा डिबी थापा लाइभ टाइम अचिभमेन्ट अवार्ड, फोटो जर्नालिस्ट अफ दी इअर अवार्ड, श्रीधर प्रसाद आचार्य टुरिजम एण्ड कल्चर क्याटेगोरी, पोलिटिकल फोटो क्याटेगोरी, डेली लाइफ क्याटेगोरी, इन्टरटेनमेन्ट क्याटेगोरी बिजनेश क्याटेगोरी, फिमेल फोटो जर्नालिज्म क्याटेगोरी, मोफसल क्याटेगोरी, अनलाइन जर्नालिज्म क्याटेगोरी र एनएफपीजे एक्टिभ मेम्बर क्याटेगोरीमा अवार्ड दिइनेछ।
 
फोटो पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशिल एक जना फोटो पत्रकारलाई डिबी थापा लाइभ टाइम अचिभमेन्ट अवार्डसहित नगद ५० हजार प्रदान गरिनेछ। यस्तै विभिन्न १० क्याटेगोरीमा उत्कृष्ट हुनेलाई नगद २५ हजार प्रदान गरिनेछ। त्यसै मध्येबाट उत्कृष्ट ठहर एकलाई फोटो जर्नालिस्ट अफ दी इअरको अवार्डसहित नगद २५ हजार प्रदान गरिनेछ।
 
अवार्डमा सहभागी हुनका लागि एनएफपीजेको आधिकारिक वेबसाइट www.nfpj.org.np तथा संस्थाको सम्पर्क कार्यालय पुतलीसडकबाट आवेदन फारामाप्राप्त गर्न सकिनेछ। २०७३ चैत १४ गते मध्यरातसम्म भरिएका फारामलाई मात्रै मान्यता दिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell