PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​घोषणा भएको ४ वर्षपछि लम्फू'को सुटिङ् शुरु



पहिलोपोस्ट

​घोषणा भएको ४ वर्षपछि लम्फू'को सुटिङ् शुरु

काठमाडौं : घोषणा भएको ४ वर्षपछि फिल्म 'लम्फू' सुटिङका लागि फ्लोरमा निस्कने भएको छ। २०१३ मा घोषित फिल्म सोमबारबाट छायांकन सुरु हुने भएको हो।

आइतबार दिइएको जानकारी अनुसार लम्फू युनिटको पहिलो सट काठमाडौंमा लिइनेछ। काठमाडौं, दार्जिलिङ र पर्वतका विभिन्न स्थानमा फिल्म छायांकन हुँदैछ।

फिल्म विदेशिने युवा पुस्ताको कथामा आधारित छ। फिल्मले सम्पन्न बन्ने सपना बोकेर विदेशिएको एक पात्रको कथा बोल्छ। लम्फूले आफ्नो विदेश यात्राको लागि प्रयोग गर्ने बाटो, तरिका र उसको गन्तब्यको वरिपरी कथा घुम्छ।

शक्तिबल्लभ घोरासैनीको निर्माण रहने फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गर्दैछन्। फिल्ममा सलोन बस्नेत, चाँदनी शर्मा, मरिस्का पोखरेल, सन्जित भण्डारी, ओम गुरुङको र कुसाग्र भट्टराईको मुख्य अभिनय रहने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell