PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

किङ्स कलेजले 'हाम्रो उत्सव' आयोजना गर्ने, १७ कलेजका पाँच सयभन्दा धेरै विद्यार्थी सहभागी हुने



पहिलोपोस्ट

किङ्स कलेजले 'हाम्रो उत्सव' आयोजना गर्ने, १७ कलेजका पाँच सयभन्दा धेरै विद्यार्थी सहभागी हुने

काठमाडौं : किङ्स कलेजले विद्यार्थीको सिर्जनालार्इ प्रतिस्पर्धा गराउने उद्देश्यले 'हाम्रो उत्सव' आयोजना गर्ने भएको छ। कलेजले मंगलबार र बुधवार कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा उत्सव गर्न लागेको हो।
 
कलेजले तीन वटा 'ई'लाई मुख्य दृष्टिकोण बनाएर कार्यक्रम आयोजना गर्न लागेको प्रिन्सिपल नरोत्तम अर्यालले बताए। 'स्नातक र स्नातकोत्तर तहका विद्यार्थीको लागि यो सबैभन्दा ठूलो इभेन्ट रहनेछ,' उनले भने।
 
उनले नेपालमा प्रोग्रेसिभ एजुकेसनको विकासका लागि कलेज तयार रहेको बताउँदै प्राक्टिकल शिक्षालार्इ अघि बढाउन कार्यक्रम गरिएको बताएका छन्।
 
यो वर्ष व्यवस्थापनसहित विज्ञान तथा मानविकी संकायका कलेजले पनि सहभागी हुन सक्ने कार्यक्रम संयोजक कमला लामाले बताइन्। उत्सवमा काठमाडौं लगायतका १७ वटा कलेजका विभिन्न संकाय पाँच सयभन्दा बढी विद्यार्थी सहभागी भएको उनले बताए।
 
कार्यक्रममा स्टक च्यालेन्ज, सोसियल मिडिया मार्केटिङ, व्यावसायिक योजना, हाजिरी जवाफ, मानव संशाधन प्रतिस्पर्धा, सर्ट मुभी कम्पिटिसन, थेमेटिक फोटोग्राफी, उद्यमशीलता प्रदर्शनी, चित्रकला, जंक आर्टस, कलज आइकन तथा इभेन्ट प्लानिङ लगायतका कार्यक्रम हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell