PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

तिलोतमा गोल्डकप : धरानलाई हराउँदै रुपन्देही-११ सेमिफाइनलमा



पहिलोपोस्ट

बुटवल : घरेलु टोली रुपन्देही-११ १९ औं तिलोतमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छ।

आइतबार बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेनटरको खेलमा मैदानमा भएको खेलमा रुपन्देशहीले धरान एफसीलाई २-१ ले पराजित गरेको हो।

खेलको तीन वटै गोल रुपन्देहीका खेलाडीले गरे। ११ औं मिनेटमा लक्ष्मन रुचालले गोलगर्दै रुपन्देहीलाई अग्रता दिलाए। 

३० औं मिनेटमा रुपन्देही कै कालु थापाले आत्मघाती गोल गर्दा धरान खेल बराबरी गर्न सफल भयो। तर त्यसको सात मिनेटपटि नै अजय विकले गोल गर्दै रुपरुन्देहीलाई २-१ को अग्रता दिलाए। अन्त्यमा अजयको गोल नै रुपन्देहीको जितमा निर्णायक बन्यो।

रुपन्देहीले अब फाइनल प्रवेशका लागि विभागीय क्लबद्वय नेपाल आर्मी र नेपाल पुलिसको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफ र सिएमजी संकटा क्लबबीच तेस्रो क्वाटरफाइनल सोमबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell