काठमाडौं : भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ। ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी मैदानमा भएको खेलमा नेपाल राजवाडा क्रिकेट टीमसँग ४७ रनले पराजित भएको हो।
वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलअघि नेपाल थप एक्सपोजरका लागि भारत भ्रमणमा निस्किएको हो।
जितका लागि २८२ रनको लक्ष्य पाएको नेपालले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २३४ रन मात्र बनाउन सक्यो।
.jpg)
नियमित कप्तान पारस खड्काको अनुपस्थितीमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले शतक प्हार गरेपनि नेपालको जितका लागि पर्याप्त भएन।
ज्ञानेन्द्रले १०४ रन बनाए। यस्तै सागर पुनले २८ रन जोडे। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। शक्ति गौचनले १४, विनोद भण्डारी र बसन्त रेग्मीले १४-१४ रन जोड्नुबाहेक अन्ष खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजवाडाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २८१ रन बनायो।
राजबाडाका लागि रजत चप्रवालले सर्वाधिक ९१ रन बनाए भने मधुर खत्रीले ९० रन जोडे। यस्तै मोहम्मद सफी ५२ रन बनाए भने कपिल यादव १६, पाइलट सिंह ६, नरेन्द्र तोमर ५ तथा फर्मन अहमदले ३ रन बनाएर आउट भए। सचिन मालभ ८ रनमा रिटायर्ड हर्ट भए।
बलिङमा नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र करण केसीले १/१ विकेट लिए। राजवाडाका दुई खेलाडीलाई नेपालका विनोद भण्डारीले रनआउट गरे भने एक खेलाडीलाई शक्ति गौचनले रनआउट गरे।
(फोटो : रमन शिवाकोटी)
