PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​इब्राहिमोभिचको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेड इएफएल कप च्याम्पियन



पहिलोपोस्ट

​इब्राहिमोभिचको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेड इएफएल कप च्याम्पियन

म्यानचेष्टर युनाइटेडले इइफएल कपको उपाधि जितेको छ।

ज्लाटाल इब्राहिमोभिचले २ गोल गरेपछि युनाइटेडले साउथह्याम्पटनलाई ३-२ ले पराजित गर्दै यस सिजनको पहिलो उपाधि जितेको हो। 

वेम्वली स्टेडियममा युनाइटेडलाई च्याम्पियन बनाउन इब्राहिमोभिचले खेल सकिन ३ मिनेट अगाडी निर्णायक गोल गरे।

त्यसअघि १९ औं मिनेटमा इब्राहिमोभिचले नै फ्रिकिक मार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए भने ३८ औं मिनेटमा जेस लिनगार्डले अग्रता दोब्बर पारे।

तर वेम्वलीमा उत्कृष्ट प्रदर्शन गरेको साउथह्याम्पटनले पनी पुनरागमन गर्यो। पहिलो हाफको इन्जुरी टाइममा मानोलो गाबिएडिनीले गोल गर्दै गोल अन्तर कम पारे।

गाबिएडिनीले नै दोस्रो हाफको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि साउथह्याम्पटनले खेल २-२ को बराबरी गर्यो।
यस सिजन उत्कृष्ट फर्ममा रहेका इब्राहिलमोभिचले ८७ औं मिनेटमा गोल गरेसँगै युनाइटेड जित हात पार्न सफल भयो। 

युनाइटेडको प्रशिक्षक बनेको पहिलो सिजनमै उपाधि जितेपछि जोसे मोउरिन्होले लिग कपकमा सर्वाधिक ४ उपाधि जित्ने सर एलेक्स फर्गुसन र ब्रायन क्लोगको रकेर्ड बराबरी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell