PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

प्रिमियर लिग : ह्यारी केनको ह्याट्रिक, टोटनहम दोस्रो स्थानमा



पहिलोपोस्ट

ह्यारी केनले २०१७ मा तेस्रो ह्याट्रिक गरेपछि टोटनहम हट्सपरले प्रिमियर लिगमा स्टोक सिटीमाथि शानदा जित हासिल गरेको छ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमले स्टोकलाई ४-० ले हरायो।

टोटनहमको लागि केनले १४ औं, ३२ औं र ४२ औं मिनेटमा गोल गरे। यस्तै डेले अलीले पहिलो हाफको इन्जुरी टाइममा एक गोल थपे।

जितपछि २६ खेलबाट ५३ अंक जोडेको टोटनहम म्यानचेष्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ भने शीर्ष स्थानको चेलसीसँग अंकदुरी १० मा झारेको छ।

केनले २०१७ मा सबैखाले प्रतियोगितामा गरेर टोटनहमका लागि ११ खेलमा १२ गोल गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell