
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरोधीलाई लाग्छ, ट्रम्पको ह्वाइट हाउस बहिर्गमन कम्तीमा चार वर्ष टाढा छ । तर, ‘जादुटुना’मा विश्वास गर्ने अमेरिकी महिला यो कुरामा विश्वास गर्दैनन्।
शुक्रबार मध्यरातको १२ बजे ‘जादुटुना’मा विश्वास गर्नेहरुले ट्रम्पको बहिर्गनका लागि सामूहिक अनुष्ठान समेत गरे। सामूहिक अनुष्ठानको यो अभियानमा हालसम्म फेसबुकमा १० हजार बढी मानिस सामेल भइसकेका छन्।
सोसल मिडियामा यसलाई म्याजिक रेसिस्टेन्सको ह्यासट्याग चलाइएको छ। ‘सामूहिक जादुटुना’ अभियानले इसाईहरुमा भने रिसइबी बढाएको छ। उनीहरुले धार्मिक युद्ध छेडेको आरोप लगाएका छन्। माइकल हजेसले अनुष्ठानको भिडियो अनलाइनमा पोस्ट गर्ने उल्लेख गरेका छन्। जादुटुनासँग सम्बन्धित निजी समूह यो भिडियोमा देखिन्छ।
ट्रम्पले पद नछोडेसम्म अनुष्ठान गरिरहने जादुटुना गर्नेहरुको अडान छ।
रुढीवादी इसाईहरुले भने जादुटुना छुटाउनका लागि प्रार्थना गर्ने चेतावनी दिएका छन् । ट्रम्पका समर्थक पादरी जोसुआ फ्युरेस्टीनले जादुटुना इसा मसीहको नामभन्दा बढी शक्तिशाली नभएको बताए।
क्रिश्चियन नेशनालिष्ट अलासले २४ फ्रेबुअरीमा सामूहिक प्रार्थनाका लागि आह्वान गरेको छ। तर यस विषयमा ट्रम्प अझैसम्म मुख खोलेका छैनन्।