PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको ज्यान गयो



पहिलोपोस्ट

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको ज्यान गयो

काठमाडौं : काठमाडौंको बालाजुस्थित फुलबारी गेटमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार एक महिलाको ज्यान गएको छ।
 
बिहान साढे ५ बजे ना ३ ख ६२१६ नम्बरको बसले बा ७२ प ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। मृत्यु हुनेमा काठमाठडौं  तारकेश्वर बस्ने ३५ वर्षिया गंगा फुयाँल रहेकी छिन्। चालक ३८ वर्षीय राजकुमार फुयाँल घाइते भएका छन्। घाइतेको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
 
ठक्कर दिने बस सहित चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell