PahiloPost

Jan 11, 2026 | २७ पुष २०८२

कार्कीलाई मानार्थ उपरथीको दर्ज्यानी चिह्न प्रदान



पहिलोपोस्ट

काठमाडौँ : प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले मानार्थ उपरथी दर्जामा पदोन्नति भएका नेपाली सेनाका सूचना अधिकारी एवम् प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीलाई आज जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक सेवा नियमावली, २०६९ मा व्यवस्था भएअनुसार नेपाली सेनाका साधारणतर्फका सहायक रथी ताराबहादुर कार्कीको कार्यदक्षता एवम् उनले संस्थाप्रति पुर्‍याएको विशेष योगदानका आधारमा सिफारिस भएअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम उनलाई मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
 
सोही समारोहमा महासेनानी (पाइलट) कुमार रायमाझीलाई प्रधान सेनापति क्षत्रीले सहायक रथी (पाइलट) दर्जाको दर्ज्यानी चिह्नसमेत प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्ति जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell