PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने : मन्त्री थापा



पहिलोपोस्ट

निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने : मन्त्री थापा

काठमाडौँ : स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले निर्वाचन गर्न यो सरकार बनेको भन्दै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताए। उनले भने- 'सरकार संविधान संशोधन र निर्वाचन गराउने काममा हरसम्भव लाग्नेछ।'
 
मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए त्यही एजेन्डालाई निर्वाचनमा लैजान आग्रहसमेत गरे।
 
उनले नेकपा एमालेको संविधान संशोधन गर्न हुँदैन भन्ने र मधेसी मोर्चाको संशोधन गर्नुपर्छ भन्ने सोच अतिवादी भएको बताए।
 
मन्त्रालयअन्तर्गत रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका खाली रहेका उपकुलपतिको नाम आफूले प्रधानमन्त्रीलाई दिइसकेको भन्दै यसलाई सरकारले चाँडो निर्णय गर्ने उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell