
- दिनेश खड्का/पहिलोपोस्ट
विद्युत प्राधिकरणले बिजुली कटौती नगरेपछि महानगरलाई आवश्यक नभएको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले बताए। लोडसेडिङ अन्त्यकै कारण फोहोरबाट बिजुली निकाल्ने योजना थाती रहेको उनको भनाइ छ।
लोडसेडिङ अन्त्य भए पनि प्राधिकरणले उक्त क्षेत्रमा सडकबत्तीको व्यवस्था गरेको छैन। फोहोरबाट बिजुली निकाल्ने योजना कार्यान्वयन नहुँदा टेकुको सडक भने स्रोत भएर पनि अँध्यारै रहेको छ।
महानगरपालिकाले दैनिक ३ सय टन जैविक फोहोरबाट ९६ किलोग्राम ग्यास, ३ सय किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादनको योजना सार्वजनिक गरेको थियो।
बिजुली उत्पादन गरेर कार्यालयमा परीक्षण प्रयोग समेत गरिएको थियो। योजना थाती रहेसँगै फोहोर प्रशोधन गरेर ग्यास, मल र पानी निकाल्ने योजना समेत कार्यान्वयन हुन पाएको छैन। फोहोर प्रशोधनका लागि ल्याइएका उपकरण समेत त्यत्तिकै खिइने डर बढेको छ।
युरोपेली संघ र काठमाडौं महानगरपालिकाको संयुक्त लगानीमा कार्यक्रम अघि बढाइएको थियो। एक करोड ८२ लाख रुपैयाँको लगानीमा यो योजना सम्पन्न भए पनि प्रयोगमा नल्याइएको हो।