
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ हाल माल्दिभ्सको क्लब टिसी स्पोर्ट्ससँग आबद्ध छन्।
त्यसअघि उनी नेपालको ए डिभिजन क्लब मनाङ मर्स्याङदीबाट खेलेका थिए।
अहिले मनाङ र किरणले खेल्ने माल्दिभ्सको क्लब दुवै बंगलादेशमा भइरहेको दोफस्रो संस्करणको शेख कमाल इन्टरनेशनल क्लब कपमा खेलिरहेका छन्।
आजै हुने पहिलो सेमिफाइनलमा यी दुई क्लब मैदानमा ओर्लदा किरणले आफ्नै पूर्व क्लब विरुद्ध प्रतिस्पर्धा गर्नेछन्।
अब किरणले पूर्व क्लबका खेलाडीको बल प्रहार रोक्नेछन्। मनाङ भन्दा अगाडी किरण अर्को ए डिभिजन क्लब थ्री स्टार बाट खेलेका थिए।
मनाङका कप्तान अनिल गुरुङ, विराज गुरुङ, रोहित चन्द, विशाल राई, विक्रम लामा, सुजल श्रेष्ठसँग किरणले नेपालको राष्टिय फुटबल टोलीबाट खेलिसकेका छन्।
मनाङ समूह बी को उपविजेता तथा टिसी स्पोर्ट्स समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
दुवै टोली जित हात पार्दै फाइनलमा स्थान बनाउने योजनामा छन्।
मनाङ र टिसी स्पोर्ट्स क्लबबीचको खेल नेपाली समय अनुसार सोमबार साँझ सवा ६ बजे चितागोङस्थित एमए अजिज स्टेडियममा हुनेछ।
टिसी स्पोर्ट्स विरुद्ध खेल्ने मनाङको फस्ट-११
गोलरक्षक : दिनेश थापा मगर
डिफेण्डर : विराज महर्जन, देवेन्द्र तामाङ, सिसोको, कमल श्रेष्ठ
मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, अनिल गुरुङ, सुजल श्रेष्ठ
फरवार्ड : ओलावाले अफिज, सामसन
प्रत्यक्ष खेल हेर्नका लागि यहाँ क्लिक गर्नुस्
(फोटो : गोलनेपाल डट कम)