.jpg)
काठमाडौं : एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली रग्वी टोली मंगलबार कतारको दोहा प्रस्थान गर्दैछ।
नवीन गिरीको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा कृष्ण क्षेत्री (उप कप्तान), विराट श्रेष्ठ, श्रीराम श्रेष्ठ, प्रेमबहादुर कोइराला, विराटजंग ऐडी, निर्मल लामा, सुनील मल्ल ठकुरी, गजेन्द्रबहादुर राना, अशोक शाही, विक्रम पुरी र सनीश महर्जन रहेका छन्।
टिम व्यवस्थापकमा गोपाल क्षेत्री, प्रशिक्षकमा हरि तामाङ र फिजियोमा ध्रुव उप्रेती छन्। ध्रुवले मार्च २ मा दोहामै हुने लेभल १ फिजियो फेयर ट्रेनिङमा पनि सहभागिता जनाउने छन्।
दोहाको एसपायर रग्वी रंगशालामा मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहने बताइएको छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सोमबार बिदाइ गरे।