काठमाडौं: गैर पत्रकारको सदस्यता खारेजीको माग राख्दै आमरण अनशनमा रहेका पत्रकार लवदेव ढुंगाना र प्रेम अधिकारीले अनशन तोडेका छन्।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा अनशनरत दुबै सञ्चारकर्मीले महासंघका पूर्व सभापति किशोर नेपाल र सुरेश आचार्यको पहलमा अनशन तोडेका हुन्। दुबै सञ्चारकर्मीलाई नेपालले जुस खुवाएर अनशन तोडाएका हुन्।
एक सातादेखि सञ्चारकर्मी अनशनमा बसे पनि महासंघ नेतृत्वले चासो नदेखाएपछि उनीहरुको जिवनरक्षाका लागि पूर्व सभापति नेपाल सक्रिय भएका थिए।
नेपाल र आचार्यले नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष ढुंगाना र नेपाल पत्रकार महासंघ इलामका सदस्य अधिकारीले उठाएका मागबारे महासंघका सभापति महेन्द्र विष्टसँग छलफल गरेका थिए।
'महासंघका अध्यक्षले दुबै पत्रकारले राखेका माग पुरा गर्न सहमत भएपछि अनशन तोडिएको हो,' वरिष्ठ पत्रकार नेपालले भने' पत्रकारको जीवनरक्षा भएकोमा खुसी छु।'
फोटो : रामप्रसाद दाहालको फेसबुकबाट