PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​सत्ता साझेदार दलहरुको बैठक बस्दै : संविधान संशोधन, पुनःसंरचना र चुनाव अजेण्डा



पहिलोपोस्ट

​सत्ता साझेदार दलहरुको बैठक बस्दै : संविधान संशोधन, पुनःसंरचना र चुनाव अजेण्डा

काठमाडौं : संविधान संशोधनको प्रक्रिया, स्थानीय तह निर्वाचन र पुनःसंरचना आयोगको प्रतिवेदनका विषयमा छलफल गर्न प्रमुख सत्ता साझेदार दलहरुको बैठक बस्दैछ। प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सत्ता साझेदार नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरुको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक बिहान १०:३० बजे बोलाइएको छ।

मधेशी मोर्चाका नेताहरुसँगको सोमबार साँझको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुको बैठक आह्वान गरेका हुन्।

सोमबारको छलफलमा प्रधानमन्त्रीले स्थानीय तह निर्वाचनपछि संविधान संशोधन लगायतका बाँकी प्रक्रिया अघि बढाउने प्रस्ताव गरेकोमा मोर्चाले असहमति जनाएको थियो। मोर्चाको असहमतिपछि प्रधानमन्त्रीले सयुक्त बैठक बोलाएका हुन्।

यस्तै, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा सुझाव दिन गठित समितिको थपिएको एक साता म्याद पनि आजै सकिँदैछ। समितिको सुझाव अनुसारको स्थानीय तहका इकाई परिमार्जन लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ।

यस्तै, मोर्चाले संविधान संशोधन विधेयकमा दर्ता गरेको संशोधन प्रस्तावमाथि सत्ताधारी दलको साझा अवधारण बनाउने विषयमा छलफल केन्द्रित हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell