PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​भारतीय विदेश मन्त्रालयमा नयाँ प्रवक्ता, जो खरर नेपाली बोल्छन्



पहिलोपोस्ट

​भारतीय विदेश मन्त्रालयमा नयाँ प्रवक्ता, जो खरर नेपाली बोल्छन्

भारतीय विदेश मन्त्रालयमा नयाँ प्रवक्ता आएका छन्। यसअघिका प्रवक्ता विकास स्वरुप क्यानेडियन हाई कमिसनमा सरुवा भएका छन्। उनको ठाउँमा गोपाल बागले नयाँ प्रवक्ता भएका छन्।

भारतीय विदेश मन्त्रालयको प्रवक्ता बागले नेपाली भाषा समेत खरर बोल्न सक्छन्। सन् २००५ देखि २००८ सम्म काठमाडौँ स्थित भारतीय दूतावासमा उनी जनसम्पर्क तथा सांस्कृतिक विभागमा कार्यरत रहेका थिए। राजतन्त्रबाट नेपाल गणतन्त्रात्मक बन्दै गर्दा बागलेले दुतावासमा काम गरेको न्यू इण्डियन एक्सप्रेसले जनाएको छ।

बागले यसअघि रसियामा राजदूत थिए। त्यस्तै उनले बेलायतस्थित भारतीय हाइ कसिमनको कार्यालमा समेत काम गरेका थिए। उनले पाकिस्तानको इस्लामावादको हाइ कमिसन र भारतीय विदेश मन्त्रालयमा पाकिस्तान, अफगानिस्तान र इरान शाखा हेर्दै आएका थिए।  

भारतीय विदेश मन्त्रालयले हरेक साताको विहिबार नियमित प्रेस भेटघाट गर्ने गरेको छ।  यसअघि भारतले लगाएको नाकाबन्दीका बेला प्रवक्ता विकास स्वरुपले नेपाल प्रवेश गर्ने गरेको ट्रकको संख्या सुनाउने गरेका थिए। जसका कारण उनी नेपालमा समेत परिचित भएका थिए। 

(स्वरुप बायाँ र बागले दायाँ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell