PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

दोस्रो अभ्यास खेलमा नेपालले राजवाडालाई दियो २४८ रनको लक्ष्य, ज्ञानेन्द्र शतक बनाउन ५ रनले चुके



पहिलोपोस्ट

दोस्रो अभ्यास खेलमा नेपालले राजवाडालाई दियो २४८ रनको लक्ष्य, ज्ञानेन्द्र शतक बनाउन ५ रनले चुके

 काठमाडौं : भारत भ्रमण रहेको नेपाली क्रिकेट टीमले दोस्रो अभ्यास खेलमा राजवाडा क्रिकेट टीमलाई २४८ रनको लक्ष्य दिएको छ।

यूपी ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी क्रिकेट ग्राउण्डमा राजवाडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २४७ रन बनाएको हो।

पहिलो अभ्यास खेलमा रावजाडाविरुद्ध नै शतक प्रहार गरेका कप्तान दोस्रो खेलमा भने शतक बनाउन बाट ५ रनले चुके। ११५ बल खेल्दै ज्ञानेन्द्रले ९५ रन बनाए।

ज्ञानेन्द्रसँगै सुनिल धमलासँगै नेपालको इनिङ्स सुरु गरेका थिए। पहिलो खेलमा ज्ञानेन्द्रसँगै आसिफले ओपनिङ गरेका थिए।

पहिलो विकेटका लागि ज्ञानेन्द्र र सुनिलले ९३ रनको साझेदारी गरेका थिए। सुनिल ४४ रन बनाएर आउट भए।

त्यसबाहेक नेपालका लागि मेहवुव आलमले ३० तथा सागर पुनले १७ रन जोडे। शरद भेषावकर ७, दीपेन्द्र सिंह एरी २ रन बनाएर आउट भए भने विनोद भण्डारीले खाता खोल्न सकेनन्।

यस्तै आरिफ शेख २४ तथा बसन्त रेग्मी १२ रनमा नटआउट रहे। बिलङमा सुशिल खत्री र मदुर खत्रीले समान २ विकेट लिए।

पहिलो अभ्यास खेलमा नेपाली टीम राजवडासँगै ४७ रनले पराजित भएको थियो। 
(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell