काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालले गृहमन्त्री विमलेन्द्र निधिले फागुन २१ गते सिराहामा दिएको अभिव्यक्तिको खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एमालेले भनेको छ –फागुन २१ गतेदेखि आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गर्दै हिजो दिएको उत्तेजक अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।'
एमालेले प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु खेदजनक र निन्दनीय भएको तर्क गरेको छ। पार्टी सचिव योगशे भट्टराईले जारी गरेको विज्ञप्तीमा 'स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ।' एमालेले फागुन २१ गते झापाबाट सुरु गरेर चैत ४ गेत कञ्चनपुरमा सभा आयोजना गरेर अभियान सम्पन्न गर्ने जनाएको छ।
के भनेका थिए गृहमन्त्रीले?
इकोसी अनलाइनका अनुसार गृहमन्त्री निधिले सिराहाको कांग्रेसको संगठन नेपाल महिला संघको कार्यक्रममा एमालेलाई गाउँ पस्न नदिन भनेका थिए।‘हामीले पहाड र मधेसलाई मिलाउन संविधान संशोधन प्रस्ताव ल्याएका छौं, यो प्रस्तावका पक्षमा एमालेले भोट नहाले भण्डाफोर गरी लखेट्नु पर्छ, गाउँ गाउँमा जानुस् एमालेलाई राष्ट्रघाती भन्नुस्, एमालेका गतिविधि हुन थाले भने लखेट्नुस् किनभने एमालेले संविधान संशोधनमा सहयोग गरेको छैन।'
रिपोर्टस क्लबको अनलाइनमा पनि निधिले संविधान संशोधन पारित नगरे चुनाव पनि नगरिने बताएको उल्लेख छ।
गृहमन्त्री निधिका प्रेस संयोजक रामजी दाहालले भने गृहमन्त्रीको भनाई वङ्ग्याइएको बताए। 'चुनाव विथोल्न खोज्ने विरुद्ध भण्डाफोर गर्ने भन्नु भएको हो, एमालले यस्तो गर्यो कार्यक्रमको उ गर्ने भनेको होइन। त्यहाँको रेकर्ड मगाएर सुन्दा पनि भइहाल्छ।'
यस्तो छ एमालेको विज्ञप्ती-