काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
आसन्न स्थानीय तहको निर्वाचनका विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए। सरकारले गएको ९ गते २०७४ बैसाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको छ।
साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधनको कार्यक्रम छ। दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्डले भदौमा पहिलो पटक जनताको नाममा सम्बोधन गरेका थिए।