PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

विद्यार्थीबीचको विवाद साम्य नभएपछि ३७ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन नहुने



सविन ढकाल

विद्यार्थीबीचको विवाद साम्य नभएपछि ३७ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन नहुने

काठमाडौं : तेस्रो पटक स्ववियु निर्वाचन कार्यतालिका परिवर्तन हुदाँ पनि विद्यार्थी संगठनबीको विवाद साम्य भइसकेको छैन। विवादित आंगिक क्याम्पसहरुमा भोलि बुधबार निर्वाचन नहुने भएको छ।
 
देशभरका ६१ आंगिक क्याम्पसमध्ये ३७ क्याम्पसमा निर्वाचन नहुने भएको हो। ३७ वटा क्याम्पसहरुमा निर्वाचन उम्मेदवारी दर्तादेखि कुनै पनि प्रक्रिया अगाडि नबढेपछि निर्वाचन नहुने भएको हो।
 
विद्यार्थी संगठनबीचको विवादकै कारण निर्वाचन नहुने स्ववियु निर्वाचन समिति संयोजक सुधा त्रिपाठीले बताइन्। ‘विद्यार्थीहरु तालाचाबी लगाएर बसेका छन्, प्रहरी परिचालन गरेर पनि ती क्याम्पसमा निर्वाचन गराउन सक्दनौं,’ उनले भनिन्। विद्यार्थीबीच सहमति भएर मात्र निर्वाचन सम्भव हुने उनको भनाइ छ।
 
राजधानीका चर्चामा रहेका सरस्वती बहुमुखी क्याम्पस, पशुपति, रत्न राज्यलक्ष्मी, शंकरदेव, मीनभवन, अमृत साइन्स क्याम्पस, त्रिवि केन्द्रीय क्याम्पस लगायतमा एक दर्जनभन्दा बढी क्याम्पसमा बुधवार निर्वाचन नहुने भएको हो। राजधानीबाहिरका विवादित क्याम्पसमा पनि निर्वाचन हुन नसक्ने त्रिपाठीले बताइन्।
 
राजधानीका जनप्रशाससन बहुमुखी क्याम्पस र सानोठिमीमा विवाद कायम रहेपनि क्याम्पस प्रमुखको सक्रियताका कारण निर्वाचन हुने भएको छ।
 
ठूला राजनीतिक दलका विद्यार्थी संगठनहरुले एक-अर्कोलाई दोषारोपण गर्दै निर्वाचन हुन नसकेको बताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699567730c7680.99187110): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699567730c7680.99187110,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293