PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

मनाङ मर्स्याङदी काठमाडौं आइपुग्यो



पहिलोपोस्ट

मनाङ मर्स्याङदी काठमाडौं आइपुग्यो

काठमाडौं : दोस्रो संस्करणको शेख कमाल इन्रटरनेशनल क्लब कप २०१७ को सेमिफाइनलसम्म पुग्न सफल नेपाली क्लब मनाङ मर्स्याङदी स्वदेश फिर्ता भएको छ।

विमान बंगलादेशबाट मनाङ मर्स्याङदी क्लब केहि बेरअ२ त्रिभुवन विमानस्थलमा ओर्लेको हो। मनाङ मंगलबार बिहान बंगलादेशको ढाकाबाट काठमाडौं उडेंको थियो।

पहिलो पटक शेख कमाल कपमा सहभागिता जनाएको मनाङ सेमिफाइनलमा माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबसँग १-० ले पराजित भएको थियो।

मनाङलाई फाइनल पुग्नबाट हाल टिसी क्लबाट खेलेका नेपाली राष्ट्रिय टीमका गोलरक्षक करण चेम्जोङ बाधक बनेका थिए।

फोटो : एनएफजेफ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell