PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

मधेसी मोर्चालाई प्रधानमन्त्रीको आग्रह : आवेग होइन विवेक प्रयोग गरेर निर्णय गर्नुस्



पहिलोपोस्ट

मधेसी मोर्चालाई प्रधानमन्त्रीको आग्रह : आवेग होइन विवेक प्रयोग गरेर निर्णय गर्नुस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन र संविधान संशोधन प्रकृया सँगसँगै अगाडि बढाउने बताएका छन्। स्थानीय तह निर्वाचन मिति घोषणापछि विपक्षमा उभिएको मधेसी मोर्चा सहमतीमा नआइ आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गरेका हुन्।

निर्वाचन मिति घोषणाप्रति असहमती जनाउँदै सरकारको समर्थननै फिर्ता लिने विषयमा मोर्चामा बहस प्रवेश भएपछि उनले विशेष सम्बोधन गर्दै मधेसी मोर्चाका नेतालाई आवेग हैन विवेक प्रयोग गरेर निर्णय गर्न आग्रह गरे।

विखण्डनकारी शक्ति मधेसलाई देशलाई देखाएर विखण्डनको शड्यन्त्रमा सक्रिय भएको भन्दै उनले यसलाई सरकारले चिर्ने दावी गरे। उनले देशका केहि शासकले गणतन्त्र, संघियता र धर्मनिरपेक्षतको विपक्षमा लागेको बताए। उनीहरुले नै अहिले मधेशी जनताको काधमा बन्दुक राखेर  गणतन्त्र उल्टाउने खेलमा लागेको उनको आरोप छ। 

उनले भने ' सरकारले अगाडि बढाएको संविधान संशोधन प्रस्ताव जसरी पनि टुंगोमा पूर्याउने छ।'

एक पक्षको हठका कारण तीन महिना वित्दा पनि संविधान संशोधन गर्न नसकिएपछि संविधानले तोकेको समयसिमाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले निर्वाचन र संशोधन प्रस्ताव सँगसँगै लैजान सरकारले मिति घोषणा गरेको उनले बताए।

तत्काल निर्वाचन मिति घोषणा नगरे संघिय संसद गठन हुन नसक्ने र बर्षा लागेपछि निर्वाचन गर्न नसक्ने भएकाले संबैधानिक संकट आउनसक्ने भएकाले निर्वाचनको मिति घोषणा भएकोबारे अशन्तुष्ट समूह समेत जानकार रहेको उनले बताए।

'१ करोड ४० लाख मतदाताले ३५ हजार प्रतिनिधी चयन गरेर जनताको ढोकामै सरकार पूर्‍याउने छन्,' उनले सम्बोधनमा भने' यसका लागि निर्वाचनलाई निस्पक्ष बनाउन सरकार प्रतिबद्ध छ।'

सम्बोधनमा उनले अहिलेको सरकारले देशलाई घात हुने कुनै गल्ति नगरेको दावी गर्दै अब पनि नगर्ने दावी समेत गरे। हिजोको सवल र दुर्बल पक्षलाई ध्यानमा राख्दै  नयाँ नेपाल निमार्णमा सरकार लागेको बताउँदै उनले भने ‘सरकार अहिलेसम्म आर्थिक विवादमा मुछिएको छैन र मुछिदैन।’

सम्बोधनमा उनले तराईको फस्ट्रयाक निर्माणमा सरकारलाई आरोप लगाउन खोजे पनि सरकारले कुनै गल्ति नगरेको र तिव्र गतिमा काम भइरहेको दावी गरे ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell