PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

तिलोतमा गोल्डकप : विभागीय डर्बी भिडन्तमा आर्मीले बाजी मार्‌यो, पुलिस बाहिरियो



पहिलोपोस्ट

तिलोतमा गोल्डकप : विभागीय डर्बी भिडन्तमा आर्मीले बाजी मार्‌यो, पुलिस बाहिरियो

बुटवलविभागीय प्रतिष्ठाको लडाइँमा नेपाल पुलिसलाई पराजित गर्दै नेपाल आर्मी १९औं तिलोतमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा आर्मीले दुई दिनअघि मात्र १९औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको पुलिसलाई ३-१ ले पराजित गरेको हो।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा आर्मीलाई जित दिलाउन विकेक बस्नेत र राजिव गुरुङले पहिलो हाफमा गोल गरे।

दोस्रो हाफमा निरकुमार राईले गोल गर्दै पुलिसलाई खेलमा फर्काउने प्रयसा गरेका थिए। तर दिप लामाले गोल गर्दै आर्मीलाई ३-१ को जित दिलाएका हुन्।

आर्मीले अब फाइनल प्रवेशका लागि विहीबार हुने दोस्रो सेमिफाइनलमा आयोजक रुपन्देही-११ सँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेमिफाइनल खेल बुधबार सिएमजी संकटा र हिमालयन शेर्पाबीच हुनेछ।

 ( फोटो : गोलनेपाल डट कम)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell