PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​नेपाल र केन्याबीचको क्रिकेट खेलको टिकटिङ इ-सेवाबाट



पहिलोपोस्ट

​नेपाल र केन्याबीचको क्रिकेट खेलको टिकटिङ इ-सेवाबाट

काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने पाँचौ चरणको खेलको टिकट बिक्री तथा व्यवस्थापनका लागि सबै अधिकार आइसीसीले इ-सेवालाई दिएको छ।

उक्त खेल हेर्नका लागि दर्शकले इसेवामार्फत टिकट खरिद गर्न सक्नेछन्। आइसीसीले टिकटको मूल्य दुई सय तोकेको छ। यही फागुन २८ र ३० गते नेपाल र केन्याबीचको दुवै खेल घरेलु मैदानमा हुँदैछ।

के छ टिकटको विशेषता ?
विगतमा जस्तै यसपटक पनि https://cricket.esewa.com.np  मा लग अन गरी टिकट खरिद गर्न सकिनेछ। सम्पूर्ण टिकट अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्था इ-सेवाले मिलाएको छ। 

सुरक्षाको दृष्टिकोण र टिकट दुरुपयोग नहोस् भन्नका लागि हरेक टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य गरिएको छ। मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ। 

दर्शकले अनलाइनमार्फत स्वयं आफै वा आफूलाई पायक पर्ने नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेसन (इसेवा जोन, इसेवा पोइन्ट) मा गई अनलाइन टिकट खरिद गर्न सकिने इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए।

गतवर्ष नेपाल र नामिबियाबीच त्रिविमै भएको खेलको सम्पूर्ण टिकट इसेवामार्फत नै अनलाइन बिक्री गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell