PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

महिला भलिबलको उपाधिका लागि रेलवे र एपीएफ भिड्ने



पहिलोपोस्ट

नेपालगन्ज : साबिक बिजेता भारतको रेलवे र उपबिजेता एपीएफ प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

नेपालगंजको कर्भडहलमा मंगलवार भएको पहिलो सेमिफाईनल खेलमा रेलवेले नेपाल आर्मीलाई ३-० को सोझो सेटमा हराउँदा दोश्रो सेमिफाईनलमा एपीएफले पुलिसलाई ३-० कै सोझो सेटमा स्तब्ध बनायो।

रेलवले आर्मीलाई २५–१६, २५–२३ र २५–१४ को सेटमा पराजित गर्यो। यस्तै विभागीय डर्बी भिडन्तमा एपीएफले पुलिसलाई २५–१३, २५–७ र २५–२२ को सेटमा हरायो।

प्रतियोगिताको फाईनल खेल बुधवार हुनेछ। लिगकम नकआउटको आधारमा सञ्चालन भएको प्रतियोगिताको विजेताले १ लाख ११ हजार नगद प्राप्त गर्नेछ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell