PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

​मन्त्रिपरिषद्का ६ निर्णय, थप ७ सय सेना वनको सुरक्षामा खटाइने



पहिलोपोस्ट

​मन्त्रिपरिषद्का ६ निर्णय, थप ७ सय सेना वनको सुरक्षामा खटाइने

काठमाडौँ : सरकारले स्थानीय तह पुन: संरचना आयोगको प्रतिवेदन माथि अध्ययन र सुझाव दिन गठित तीन ससस्यीय समितिको म्याद थप गरेको छ। मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे संयोजक रहेको समितिको म्याद तीन दिन थप गरेको हो। आयोगको प्रतिवेदन अध्ययन गरेर सरकारले पुन: आयोगमा फिर्ता पठाएर संशोधन गराउने तयारी गरिरहेको छ। संशोधन पछि मात्र प्रतिवेदन कार्यान्वयनका लागि अगाडि बढाउने तयारी सरकारले गरेको हो।

यस्ता छन् अन्य निर्णय :

  • विश्व बैंकको नेपाल स्वास्थ्य क्षेत्रको सुधार कार्यक्रमका लागि १५ अर्ब ९३ करोड ऋण सहयोग स्वीकार गर्ने
  • वन क्षेत्रको सुरक्षाका लागि सात सयको नेपाली सेनाको तैनाथी गर्ने  
  • पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय भएको छ। जसमा सरकार र निजी क्षेत्रको सहभागितामा रहनेछ।
  • बाँकेमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माण गर्ने निर्णय भएको छ।
  • त्यस्तै बजेट भित्र रहेर विभिन्न कार्यक्रमहरुमा आवश्यक पर्ने रकम पठाउने निर्णय भएको छ। 
मन्त्रिपरिषद्को फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell