PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

​उपत्यकामा आजदेखि २० बर्ष पुराना सवारीसाधन चलाउन रोक, चलाइए जरीवानासहित जफत



पहिलोपोस्ट

​उपत्यकामा आजदेखि २० बर्ष पुराना सवारीसाधन चलाउन रोक, चलाइए जरीवानासहित जफत

काठमाडौं : सरकारले आजदेखि २० वर्ष पुराना सवारीसाधन चलाए जरीवानासहित सवारी जफत गर्ने भएको छ। उपत्यका बाहिर भने २०७४ फागुन ३० गतेबाट २० बर्ष पुराना सवारीसाधन हटाउने योजना सरकारको छ।

तर, उपत्यकाबाट हटाइएका सवारी अञ्चलीकरण गरेर बाहिर चलाउन पाइनेछैन। 

तेस्रो चरणमा २० बर्ष पुराना सरकारी र निजी गाडी हटाउने योजना सरकारको छ।

झण्डै दुई बर्षअघिको निर्णयअनुसार सरकारले उपत्यकाका आजदेखि पुराना सवारीसाधन विस्थापन गर्न लागेको हो। यातायात व्यवस्था विभागका अनुसार झण्डै २५ सय पुराना सवारी यो निर्णय कार्यान्वयनबाट हट्नेछन्। 

२० बर्ष पुराना सवारी आजदेखि चलाइएको पाइएमा नियन्त्रणमा लिइनेछ। जरीवानासहित सबै राजस्व बुझाएपछि पत्रु गर्न सवारी साधन धनीलाई नै जिम्मा लगाइनेछ। 

विभागले ट्राफिक प्रहरीको समन्वयमा अनुगमनलाई तीव्र बनाएको छ। हटाइएका सवारीलाई सरुवा सवारीका रुपमा बाहिर चलाउने अनुमति विभागले दिनेछैन। 

निर्णयको यातायात व्यवसायीले विरोध गर्दै आएका छन्। उनीहरु २० वर्षे सवारीसाधन हटाउन तयार भए पनि नयाँ गाडी किन्दा भन्सार छुटको व्यवस्था हुनुपर्ने अडान राख्दै आएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्सार छुट प्याकेज दिएर मात्रै पुराना गाडी हटाउने शर्त राखेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell